अगौटे डढुवा:
अगौटे डढुवा विशेषगरी आलु तथा गोलभेंडामा लाग्ने प्रमुख रोगहरुमध्यको एक रोग हो भने आलुको त प्रमुख विनाशकारी रोग नै अगौटे डढुवा हो । यो रोग विशेषत बाली कलीलो हुदाँ र कलीलो अवस्थाबाट भखर्र छ्रिप्पिने अवस्थामा प्रवेश गर्दैगर्दा लाग्ने रोग हो । आलु र गोलभेंडामा मात्र सिमीत नभइ यो रोग काउरीवर्गको तरकारीहरु (काउली,बन्दा,तोरी, मुला) ,गाजँर,खोर्सानी,स्याउ ,सुन्तला तथा सजावटी (फूलहरु)मा पनि लाग्ने गर्दछ । अगौटे डढुवा विकास हुदैँ जाँदा थोप्ले र पछौटे डढुवा लाग्ने संभावना प्रबल हुन्छ भने कुनै अवस्थामा फल र डाँढ कुहिने संभावना हुन्छ । यस रोगका कणहरु माटोमा बस्ने भएकाले सिँचाइ गर्दा सवधानी अपनाउनु पर्छ ।
रोगका लक्षण:
- डाँठका तल्लो भागः पुराना पातहरुमा गाढा कालो धब्बाहरु देखिने र ती धब्बाहरु पातका नशाहरुको बिच सिमीत हुन्छ ।
- धब्बा विकास हुदैँगर्दा धब्बाका बाहीरी भागको वरीपरी पहेँलो रङ्क देखिन्छ ।
- धब्बाहरु बढ्दै गएमा पुरै पातनै पहेँलो हुन्छ र अन्ततः सुकेर मर्दछ ।
- कुनै अवस्थामा डाठँमा गाढाँ खैरो वा काला धब्बा देखिन्छ ।
रोगको व्यवस्थापन ः
- फल पूर्णरुपले टिपी सकेपछि बोटका अवशेषहरु संकलन गरी जलाउने ।
- रोग लागेको खण्डमा कम्तीमा एक वर्ष चक्रिय÷घुम्ति बाली प्रणली अपनाउँदा प्रभावकारी हुने देखिन्छ ।
- बेर्ना सारेको खेतमा पर्याप्त मात्रामा नाइट्रोजन दिई फस्फरसको मात्रा न्यूनतम गर्दा पनि यो रोगको नियन्त्रण प्रभावकारी हुने देखिन्छ ।
- चिसो आद्रतायुक्त वातावरण सकेसम्म सिँचाइ नगर्ने र फोहोरादृारा सिँचाइ नगर्ने ।
- रोग अवरोधि जातको प्रयोग गर्ने ।
- बेर्ना उत्पादन गर्दा छोपो (मल्चिङ्ग) प्रविधि अपनाउँने ।
- बीउ रोप्नुअघि ५० डिग्री सेल्स्सको तातो पानीमा आधा घण्टा भिजाँएर रोप्ने ।
- कप्परयुक्त (बोर्डेक्स)ढुसीनाशक बिषादी प्रती लिटर पानीमा २÷३ ग्राम मिसाएर ७ दिनको फरकमा छर्ने ।
पछौटे डढुवा:
सन् १८४०को दशकमा आयरल्याण्डमा आलु बाली सखाप पारेर भोकमरी गराउने रोगले पछौटे डढुवा प्रसिद्ध छ भने विरुवामा लाग्ने रोगमा सुक्ष्मजिवको सक्रिय भूमिका हुन्छ भन्ने यही रोगबाट पत्ता लागेको थियो ।यो रोग फाइटोपथोरा इन्फेसटान्स नामक ढुसिबाट लाग्ने रोग हो । यसका कण माटो वा बोटको अवशेषमा जिवित नरहे पनि रोगी बीउ र हावाको माध्यमबाट भने यो रोग फैलन्छ त्यसैले रोग प्रतिरोधी जात सँगसगैँ हावा मज्जाले खेल्ले गरी बाली लगाउन उपयुक्त हुन्छ ।
रोगका लक्षण :
यो रोगले गोलभेडा लगायातका बालीहरुको कुनै पनि भागलाई आक्रमण गर्दछ । यो रोग लाग्न शुरु गरेको बोटको पातको टुप्पो वा किनारामा पानीले सोसेर भिजेको जस्तो गोलो आकारका दागहरु देखा पछर्न । खैरो हरियो रंगको धब्बाबाट शुरुभइ विस्तारै धब्बाहरु गाढा खैरो वा कालो रंगमा परिवर्तन हुन्छ र पातको तल्लोपट्टि भागमा सेतो ढुसी देखा पर्छ । यो रोगले अनुकुल वातावरण (बादली वा आद्रतायुक्त मैसम) पाएमा तिव्र रुपले फैली पुरै बाली सखाप पार्न सक्छ ।
यो रोग व्यवस्थापनकालागी अगौटे डढुवा व्यवस्थापनमा उल्लेख भएका विधि अपनाउँने ।