प्लाष्टिक पोखरी बनाउने प्रकृया

हाम्रो देशमा बर्षातको मौसममा मात्रै वर्ष भरिमा हुने जम्मा वर्षाको ८० प्रतिशत वर्षा हुन्छ । अरुबेलामा प्राय पानीको अभाव नै रहन्छ । अझैपनि नेपालमा धेरै जसो ठाउँमा आकाशे पानीकै भरमा खेती गरिन्छ । धेरै जसो किसानले सिंचाइको अभाव भएकाले आफुले चाहेको खेती सहि समयमा गर्न सकिरहेका हुदैँनन् । नेपालको भौगोलिक बनोटले पनि झन यसमा चुनौति थपेको छ । यो चुनौति चिर्नको लागि एउटा सुन्दर बिकल्प हुन सक्छ, आकाशे पानीको सङ्कलन अर्थात रेन वाटर हार्भेेस्ट । यो प्रबिधिको प्रयोग प्राय सबै ठाउँमा गर्न सकिन्छ । यस विधिमा बर्षातको समयमा आकाशबाट परेको पानीलाई जम्मा गरेर राखिन्छ र पानीको अभाव भएको बेलामा बालीमा सिचाई गर्न प्रयोग गर्न सकिन्छ । यसको लागि बिभिन्न तरिकाहरूका साथै संरचना अप्नाउन सकिन्छ । जस्तैः प्लाष्टिको पोखरी, ठुला ठुला सिमेन्टबाट बनाइएको घ्याम्पा, आदि । सामान्य प्राबिधिक ज्ञान, स्थानीय श्रोत साधनको प्रयोगमा कम खर्च मै बनाउन सकिने हुनाले पनि यो विधिलाई प्रथामिकता दिनुपर्ने आजको आवश्यकता देखिन्छ ।
 
प्लाष्टिक पोखरी बनाउने प्रकृया
माटोको किसिम अनुसार प्लाष्टिक पोखरीको आकार निधारण गर्नुपर्छ।
खाडलमा प्लाष्टिक बिछ्याउनु अघि माटोलाई हिल्याई १५ से.मी. जति ढङ्गा रहित लेसिलो माटोले लेपन गर्नुपर्छ ।
पोखरीमा चाहिने प्लाष्टिकको मोटाई २००– २५० जी.एस.एम.को सिलपोलिन प्लाष्टिक हुनु पर्नेछ ।
प्लाष्टिकको रङ निलो हुनु पर्नेछ ।
पोखरीमा पानी भरिएपछि व्यवस्थीत निकास दिनका लागि डिलको कुनै स्थानमा १५ से.मी. गहिरो नाली बनाउनु पर्छ ।
======

हाम्रो युट्युब च्यानल पनि सब्स्क्रइब गर्नुहोला। हामि अझै धेरै जानकारी मुलक भिडियो लिएर अाउदै छाैँ ।